स्वास्थ्य उपचारपछि स्वदेश फर्किँदै डा. बाबुराम भट्टराई

  • 43
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा स्वास्थ्य परीक्षणपछि आज स्वदेश फर्किँदैछन्। भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएसँगै उनी स्वदेश फर्कन लागेका हुन्।

नेपालमा परीक्षणका क्रममा न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएका भट्टराईलाई भारत रेफर गरिएको थियो। त्यहाँ परीक्षणका क्रममा चिकित्सकहरूले भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका थिए।

उनको बायोप्सी, इन्डोक्राइन अल्ट्रासाउण्ड, पेट सिटी स्क्यानलगायतका परीक्षण गरिएको थियो। ट्युमरलाई भने दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्। बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा हुनसक्ने चिकित्सकहरुले सचेत गराएका उनले जनाएका छन्।

भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्