फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई जेल सजाय

nicolas
  • 38
    Shares
लोकपाटी न्यूज

एजेन्सी। फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ। न्यायाधीशलाई घुस दिने प्रयास गरेको आरोपमा सार्कोजीलाई जेल सजाय सुनाएको हो। यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि छन्।

उनीमाथि लागेको विभिन्न मुद्दा सल्टाउने न्यायाधीशलाई प्रतिष्ठित कामको प्रस्ताव र आर्थिक प्रस्ताव गरेको अनुसन्धानमा देखिएको थियो। फ्रान्सको इतिहासमा भ्रष्टाचारको मुद्दामा जेल जाने सार्कोजी दोस्रो राष्ट्रपति हुन्। यसअघि मार्सल फिलिपेलाई पनि अदालतले जेल पठाएको थियो। नाजीलाई समर्थन गरेको आरोपमा उनी जेल बस्नुपरेको थियो।

फैसला सुन्न सोमबार अदालत पुगेका सार्कोजीले मास्क गाएका थिए। अदालतमा सार्कोजी पूरै समय टाउको निहुराएर बसेका देखिन्थे। यद्यपि तीन वर्ष मध्ये दुई वर्षको सजाय निलम्बित हुने बताइएको छ। यस्तो अवस्थामा उनले एक वर्ष जेलमा बिताउनुपर्नेछ। गत वर्षको अन्त्यमा उक्त मुद्दा १० दिनको लागि सुनुवाइ भएको थियो।

उनलाई भ्रष्टाचार र कार्यालयको दुरुपयोगको आरोप छ। सार्कोजीका वकिल र उनको पुरानो साथी थेरी हर्जोग र सेवानिवृत्त मजिस्ट्रेट गिल्बर्ट इजबर्टले पनि आफूमाथि लगाइएको आरोपलाई खारेज गरेका छन्। उनलाई पनि तीन बर्षको जेल सजाय सुनाइएको छ। २०१२ को राष्ट्रपति चुनावमा कालो धन प्रयोग गरेको आरोपमा १३ जनालाई लगाई सार्कोजी यस महिना अर्को मुद्दाको सामना गर्नुपर्नेछ।

निकोलस सार्कोजी २००७ देखि १२ सम्म फ्रान्सका राष्ट्रपति थिए ६६ वर्षे सार्कोजीलाई २०१४ मा सूचनाको बदलामा एक वरिष्ठ मजिस्ट्रेटलाई घूस दिन खोजेको आरोप लगाइएको थियो। सार्कोजीलाई चुनाव अभियानमा नियम भन्दा बढी पैसा खर्च गरेको आरोप समेत लगाइएको थियो। उनले मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशबाट केही जानकारी मागेका थिए र बदलामा उनलाई ठूलो पदको प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्