ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ। आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए।

दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ। उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौ।’

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। उनले भने, ‘म पनि आगलागी क्षेत्रमा जाँदै छु। आगलागी भीषण छ भन्ने खबर आएको छ।’

सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए। दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठूलो र व्यस्त बजार मानिन्छ। सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको स्थानीयले बताएका छन्।

स्थानीय व्यवसायी भोला पौडेलको घर नजिकबाट आगो सुरु भएको स्थानीयले जनाएका छन्। आगो नियन्त्रणका स्काइभेटरको प्रयोग गरेर केहि घर भत्काउने कार्य पनि भइरहेको छ। दोभान बजारको खाम्लुङतर्फको भागमा आगोले बढी क्षति गरेको बताइएको छ। फुङ्लिङ बजारमा रहेको बारुण यन्त्र समेत आगलागिग्रस्त क्षेत्रतर्फ पठाइएको छ।

कच्ची बाटो भएको र पुग्नै समय लाग्ने भएकोले बारुण यन्त्र पुगिसक्दा आगोले निकै क्षति गरिसक्ने स्थानीयले बताएका छन्। ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले आफूहरु आगलागीग्रस्त क्षेत्रतर्फ लागिसकेको जानकारी दिए। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा एकाबिहानै लागेको आगलागी अझैं नियन्त्रण बाहिर रहेको छ।

https://www.facebook.com/permalink.php?story_fbid=5875166729176295&id=100000490772121

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्