काठमाडौं। अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख २७ हजार नाघेको छ।पछिल्लो २४ घण्टामा १ हजार ४४३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २७ हजार २२६ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो। पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९३ लाख नाघेको छ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड ९८ लाख १७ हजार ५३२ जना संक्रमणमुक्त भएका छन्। उपचार गराइरहेका ८९ लाख ६९ हजार ४९६ जनामध्ये १४ हजार ५४५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ।