नेप्सेले फुकुवा गर्‍याे सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार

nepse-1
  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकवा गरेको छ। गत फागुन १६ गते कारोबार चलिरहेका समयमा लाभांश सम्बन्धी सूचना उपलब्ध गराएका कारण नेप्सेले उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो।

कम्पनीले सञ्चालक समितिको निर्णय सकिनासाथ तुरुन्त जानकारी गराउने मनासायका कारण सूचना उपलब्ध गराएको स्पष्टिकरण दिएको थियो। आगामी दिनमा यस्ता विषयप्रति संवेदनशिल भई सूचना उपलब्ध गराउन अनुरोध गर्दै नेप्सेले मंगलवारदेखि कम्पनीको शेयर कारोबार खुला भएको जानकारी गराएको छ।

सांग्रिलाले हाल कायम २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँमा ५% बोनस सेयर दिने प्रस्ताव गरेको छ। यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२% नगद लाभांश पनि दिनेछ। प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ।