घुस लिएको रकम भुइँमा फालेर भागे गाउँपालिकाका अध्यक्ष

Money
  • 13
    Shares
लोकपाटी न्यूज

धनुषा। धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन्। अध्यक्ष राउत क्षेत्रीले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो।

अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ।
आठ लाख रुपैयाँ र गाउँपालिकाका अध्यक्षका चालक वीरबहादुर मगरलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्