नेकपा प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

jhadap-kutakut
सांकेतिक तस्विर
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काडमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले झडपमा संलग्न प्रचण्ड–नेपाल पक्षका नेताहरू शिशिर बस्याल र मिनराज पाण्डेलाई नियन्त्रणमा लिइएको बताए।

आज बिहान प्रचण्ड–नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गरेका थिए। सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातेपछि विवाद उत्पन्न भएको बताइएको छ। दुवै पक्षका विद्यार्थी नेताहरुलाई छलफलका लागि बोलाइएको एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्