साल्ट ट्रेडिङको सेयर मूल्यमा सर्वाधिक वृद्धि, १० करोडको किनबेच

Nepse mathi
  • 44
    Shares
लोकपाटी न्यूज

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ। मंगलबारको नियमित कारोबार सत्रको सुरुआतदेखि नै मूल्य बढेको यस कम्पनीको सेयरमा खरिद चाप उच्च देखिएपछि एकै दिन ८४४ रुपैयाँले बढेको छ।

१० प्रतिशतले मूल्य बढेपछि सर्किट ब्रेकर लागेको साल्ट ट्रेडिङको सेयर प्रतिकित्ता नौ हजार २९३ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो। यसअघि दिनमा मुस्किलले एक हजार कित्ता सेयर किनबेच हुने साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मंगलबार भने एक बजेभित्रै साढे १० हजार  कित्ताभन्दा धैरै किनबेच भइसकेको छ।

२२ प्रतिशत सेयर सर्वसाधारणमा भएपनि दोस्रो बजारमा किनबेच हुनेगरि १५ लाख कित्ताभन्दा पनि कम कित्ता सूचीकरण भएको एसटिसीको सेयर कर्नरिङ गरिएका कारण केही व्यक्ति तथा संस्थाको हातमा मात्रै सीमित रहँदै आएको छ। कम्पनीले आव २०७५र/७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।