वार्तामा बस्न विप्लव नेकपाले राख्यो यी दुई सर्त

biplob
  • 26
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ।सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरेको हो। चन्द नेकपाका एक नेताका अनुसार वार्ताका लागि जेलमा रहेका नेता-कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको छ।

त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने छ। तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेण्डा तय गरिने ती नेताले बताए।

सरकारले पनि चन्द नेकपासँग वार्ताका लागि गृहमन्त्री थापाको नेतृत्वमा २ सदस्यीय टोली गठन गरेको छ। मंगलबार मात्रै चन्द नेकपासँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो।

वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन्। सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्