बि एण्ड सी अस्पताललाई शिक्षण अस्पताल बनाउन प्रक्रिया अघि बढाउँछौं : प्रधानमन्त्री ओली

KP Sharma Oli
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बि एण्ड सी अस्पताललाई शिक्षण अस्पताल बनाउन प्रक्रिया अघि बढाउने बताएका छन्। झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमनत्री ओलीले शिक्षण अस्पताललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताए। प्रधानमन्त्री ओलीले प्रक्रिया अघि बढिसकेकाले छिट्टै नै सम्बन्धनको प्रक्रिया पूरा हुने प्रतिबद्धता जनाए।

सम्बन्धनका लागि आवश्यक कानूनी मापदण्ड नपुगेको भन्दै विवाद भइरहेका बेला प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले बि एण्ड सी अस्पताल मात्र नभएर शिक्षण अस्पतालको रूपमा विकास हुने बताए। बि एण्ड सी अस्पताल व्यापारी दुर्गा प्रसाईंले सञ्चालन गरेको अस्पताल हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्