फागुन २३ पछि सरकार परिर्वतन हुन्छ भन्ने अनुमान अनुमानमा नै सिमित हुन्छ : नेता बस्नेत

  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले दाहाल-नेपाल पक्ष संकटमा परेको दावी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न चाहने प्रचण्ड-माधव पक्ष नै संकटमा परेको दावी गरेका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होइन, उहाँलाई पदच्यूत गर्न चाहने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई परेको म देख्छु,’ उनले भने, ‘किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति छ। अब भोलिका दिनमा परिस्थिति उहाँहरुको निमित्त झन् असहजतातर्फ गइरहेको छ।’

नेता बस्नेतले कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण हुने बताए। फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सीमित हुने पनि नेता बस्नेतको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्