नेकपाको केन्द्रीय कमिटी बैठक आज : यी हुन् छलफलका एजेण्डा

Madhav-nepal-and-prachanda-11 (1)
  • 1.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल–नेपाल समूहको माग छ।

तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्न लागेको हो। पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्