बाबुराम भट्टराईलाई प्रधानमन्त्री बन्न कमल थापाको प्रस्ताव

kamal thapa -baburam bhattrai
  • 31
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका छन्। भारतको दिल्लीमा उपचार गराएर फर्किएका भट्टराईको ट्विटको उत्तर दिँदै थापाले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका हुन्।

‘भरखरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तपाईलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ।यसो गरे कसो होला’, थापाले लेखेका छन्। थापाले दिल्लीमा स्वास्थ्य परिक्षण गरेर फर्कने बित्तिकै आएको भट्टराइको ट्विटको प्रशंसासमेत गरे।

भट्टराईले मंगलबार राति गरेको ट्विटमा १० दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको उल्लेख गरेका थिए।

उनले ‘फरगिभ’ र ‘फरगेट’को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।

भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिले संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन कायम गर्ने र छिमेकी मुलुकहरुसँग असल सम्बन्ध बनाएर देशलाई राजनीतिक सहमतिबाट अघि बढाउनुपर्ने उल्लेख रेका छन्।

Capture

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्