प्रचण्ड-नेपाल समूहको बहुमतको दावी सही ठहरिए सयौंको पद धरापमा

oli-prachnda-madhav
  • 93
    Shares
लोकपाटी न्यूज

काठमाडौं। केन्द्रीय समितिलाई मात्रै आधार मानेर नेकपा विवादको छिनोफानो गरिए अल्पमत पक्षमा लागेका संघीय सांसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित हुने सयौं पदाधिकारी पदमुक्त हुने खबर कान्तिपुर दैनिकले छापेको छ।

केन्द्रीय समितिमा बहुमत पुर्याउने पक्षले पार्टीको आधिकारिकता पाउने र अर्को पक्षले त्यसलाई स्वीकार नगरेर नयाँ दल खोलेको अवस्थामा त्यता लाग्नेहरुको पद धरापमा पर्ने समाचारमा उल्लेख छ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड पक्षबीच पुस ५ यता चर्किएको विवादले पार्टी विभाजनको रुप लिइसकेको छ। तर त्यस फुटलाई वैधानिकता दिन निर्वाचन आयोगले गरेको ढिलाइका पछाडि तीनै तहका ठूलो संख्याका पदाधिकारी पदमुक्त हुने कारण पनि मानिएको छ।

आजको कान्तिपुर दैनिक लेख्छ–प्रचण्ड–नेपाल पक्षले केन्द्रीय समितिमा गरेको बहुमतको दावी सही ठहरिए ओली पक्षीय संघीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीसम्मको पद धरापमा पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्