सभामुख सापकोटालगायत सांसदहरुले कोरोना खोप लगाउँदै

agni-sapkota
  • 5
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्नि सापकोटाले कोरोना विरुद्धको खोप लगाउँदै छन्। सापकोटाले बुधबार बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर कोरोना विरुद्धको खोप लगाउने सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

बुधबार र बिहीबार प्रतिनिधिसभाका सांसदहरु, मर्यादापालक, सुरक्षाकर्मी, संसद सचिवालयका कर्मचारीलगायत सम्पूर्णले खोप लगाउने संसद सचिवालयले जनाएको छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने तय भएको छ।

यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ। विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको सर्वोच्च अदालतले निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्। त्यसअघि सबैले कोरोना विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने व्यवस्था सचिवालयले गरेको छ। सो अन्तर्गत बुधबारबाट खोप अभियान सुरु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्