विप्लव नेकपा र सरकारबीच बालुवाटारमा वार्ता जारी

KP_Biplav
  • 61
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता सुरु भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव नेकपाको टोलीबीच वार्ता सुरु भएको हो।

मंगलबार वार्ता टोली गठन गरेको सरकार र विप्लव नेकपा बुधबार वार्तामा बसेका हुन्। मंगलबार बेलुका अनौपचारिक छलफल गरेका दुई पक्षबिच बुधबार बिहान साढे सात बजेदेखि औपचारिक वार्ता सुरु भएको हो।

वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहासहितका विप्लव नेकपाको मागका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दियो। सरकारले मंगलबार गृह मन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई रहेको वार्ता टोली बनाएको थियो।

त्यसपछि विप्लव नेकपाले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने (दीपक) रहेको वार्ता टोली बनाएको सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्