कोरोना विरुद्धको खोप लगाउने तयारीमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीश

  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन्।

सांसदहरुले भने बुधबारबाटै यो खोप लगाउन सुरु गरेका छन्। बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन्। फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएकाले त्यसअगावै कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले प्रबन्ध मिलाएको थियो। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशलाई भने उनीहरुकै कार्यालयमा पुगेर खोप लगाइने मन्त्रालयले जनाएको छ।

 त्यस्तै सरकारले आजदेखि कोरोनाविरुद्धको खोप संघीय संसदका सांसदहरुलाई पनि दिने भएको छ।  उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या  मन्त्रालयले जनाएको छ।   बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खोप अनिवार्य लगाउनुपर्ने नियम बनाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद भवन नजिकै रहेको नेपाल निजामती अस्पतालमा संसद् सचिवालयका कर्मचारी, मर्यदापालक र सांसद् तथा मन्त्रीका अंगरक्षकसहितलाई समेत खोप लगाइनेछ । आजदेखि ३ दिनभित्र सांसद्हरूलाई खोप लगाउने कार्यतालिका छ। सरकारले माघ १४ गतेदेखि कोरोनाविरूद्धको खोप अभियान चलाइएको छ। पहिलो चरणमा दुई पटक गरेर खोप लगाइसकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा फागुन २३ देखि ५५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिइनेछ।

अशक्त जेष्ठ नागरिकलाई घरमै गएर खोप दिने व्यवस्था पनि मिलाइने मन्त्रालयले जनाएको छ। सरकारले भारतबाट १० लाख डोज खोप खरिद गरेको छ भने थप ५० लाख डोज खरिदको प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्