सभामुख सापकोटा र प्रचण्डले लगाए कोरोना खोप

sapkota-dahal khop
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्हरुले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन्। नेकपाका अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले खोप लगाएका छन्।

फागुन २३ बाट प्रतिनिधि सभाको अधिवेशन सुरु हुने भएकाले त्यसअघि आज प्रतिनिधि सभा र राष्ट्रियसभाका सबै सांसद्हरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज दिउँसो ४ बजेसम्म सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ।

प्रतिनिधि सभा र राष्ट्रियसभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्