सुनको मूल्य फेरी बढ्यो, कतिमा हुदैछ कारोबार ?

  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा बुधबार पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ। तोलामा नै मङ्गलबार एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ। यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ। चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ।