सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Dividend
लोकपाटी न्यूज

काठमाडौं। सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बुधवार)रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ। उक्त लाभांश वितरणको लागि कम्पनीले चैत ५ गते साधारण सभा बोलाएको हो। सभा बोगनभिल्ला इभेन्टस त्रिपुरेश्वरमा बिहान ११ बजे गर्ने कम्पनीले जानकारी गराएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्