सेयर निष्कासन गर्दै माेलुङ हाइड्रोपावर

ipo
  • 43
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ८ लाख २ हजार ५ सय कित्ता सेयर दिने छ। सेयर निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। अंकित मूल्य १०० रुपैयाँ दरको सेयर धितोपत्र बोर्डले स्वीकृति दिएपछि निष्कासन हुने छ।

परियोजना ओखलढुंगामा छ। सेयर निष्कासनका लागि भएको समझदारीमा कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सनराइज क्यापिटलका प्रमुख कार्यकारी विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। मोलुङ हाइड्रोपावर कम्पनीले ७ मेगावाट क्षमताको परियोजना सञ्चालनमा छ। यसले २०७४ चैत १२ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरिसकेको छ।

कम्पनीको गत २५ गते भएको साधारणसभाले अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ८० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। निर्णयपछि सर्वसाधारणलाई ४४ प्रतिशत सेयर जारी गर्न लागिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्