नेपाली सेनाका पृतनापतिहरुको बैंठक जारी

  • 21
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। राजधानीमा बुधबारदेखि नेपाली सेनाका पृतनापतिहरुको बैठक सुरु भएको छ। महाशिवरात्री तथा सेना दिवशको पूर्व सन्ध्यामा सुरु भएको बैठक शुक्रबारसम्म चल्ने छ। सेना दिवश आगामी फागुन २७ गते पर्छ। बैठकमा समसामयिक सुरक्षा स्थितिबारे छलफल हुने नेपाली सेनाले जनाएको छ।

सैनिक जनसम्पर्क सूचना निर्देशनालयका अनुसार महानिर्देशनालय र विभागीय प्रमुखहरुले आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए गरेका कामबारे कार्य सूची प्रस्तुत गर्नेछन् । ति प्रतिवेदनउपर छलफल हुने बताइएको छ।

पृतनापतिहरुले आ(आफ्नो क्षेत्रको सुरक्षाको वर्तमानस्थितिबारे प्रतिवेदन पेश गर्नेछन् भने जङ्गी अड्डाका महानिर्देशानयल र विभागीय प्रमुखहरुले आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए गरेका कामबारे प्रस्तुतिकरण र छलफल हुने नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ। सेनाको सातवटै प्रदेशमा एक एक तथा काठमाडौँ उपत्यकामा एउटा पृतना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्