एक्सेल डेभलपमेण्टको स्वामित्वको कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने बिहीवार अन्तिम दिन

  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ। कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनीको ९५ हजार ६४९ कित्ता शेयर शेयर लिलामीमा विक्री खुला गरेको हो।

आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता ४९८, ग्रामीण विकास लघुवित्तको ४०० र युनाइटेड इन्स्योरेन्स कम्पनीको २९८ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ। शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले फागुन ६ गतेदेखि ती कम्पनीको उक्त शेयर लिलामीमा विक्री खुला गरेको थियो।