कबिता : सहिद सप्ताह सहिद बेपात्ताको सम्मान स्वरुप

  • 118
    Shares
लोकपाटी न्यूज

लेखक : लक्ष्मी गुरुङ

घडक्क ढाेका खुल्छ
कमाण्डरकाे तिखो कासन सगै
मिठाे सपनाले साथ छाेड्छ
झसक्क झस्कन्छु अह मत सपना पो थिए
बियुझदा पिठ्युमा बम बारुदका पन्तराहरु थिएनन
मानब मुक्ति मानब सभ्यताकाे निम्ति लड्दा
घाइते भएका योद्दाहरुको ऐया ऐया चिच्याइरहेको बिभत्स दृस्य थिएन
प्राउ उत्सर्ग गर्ने महान सहिद
संगि हरुले मुठ्ठि मट्टी उठाउदै प्रण गरेको
आखाको नानी सम्म कैद दृस्य त्यहा थिएन
केबल जिउदो इतिहासको एक पहर रात
एक टल आखा चिम्लदा आभास भएको सत्य थियो त्यो

सत्य उ पनि थियो किन कि उ किनाराको साक्षी थियो
अ्म अ्म आज तपाइको सहादत भएको दिन
हो आज तपाइलाइ बेपत्ता पारिएको दिन
माया गर्ने मान्छेहरुको बिचाबाट खोसेर
दानबहरुको भिडमा बकपत्र को लागी उभ्याइएको दिन
मृत्युपत्रमा ह्स्ताक्षर गर्ने साहसी या कायर छुट्टयााउने दिन
तिम्रो निर्णय अन्धकार स्विकार्नु भन्दा
एउटा दियो बनेर उज्यालो दिन
मृत्यु स्विकारेर मृत्युलाइ जितेको दिन

सम्मान कसरि ब्यक्त गरौ खै?
उच्च बलिदान भन्दा महङ्ग्गो उपहार छैन
महानता भन्दा माथि कुनै सब्द छैन
त्य्सैले त्यसैले
बिछिप्त ढुकढुकी दृढ सकल्प
सहिद गेट उहि सिला माथि के नजर लाग्च
तिमिले ध्वार ध्वार च्यातेको साहुका किर्ते तमसुक
गगन भरि बतासिए झै देख्छु
जालि फटाह को बिरुद्द्मा प्रत्यक बस्ति बस्तिमा
आबहानको नारा जुन्जाउदै रातो कफनमा देख्छु
तिम्रो प्रतिकमा कैद नजर यत्ति एकोहोरि दिन्छ
सल्लाको खोटाे जस्तै मेरो दृस्य स्टिकर बन्छ

अनि यत्ति सब्द गुच्छा
न्यय समानता मुक्तिको लागी
एक मुठ्ठी सातो एक अन्जलि पानी पिउदै
हावा हुरी बतास जेल नेल जित्दै
आखिर हार्न जानेका थिनौ जितेउ जितेर छाडेउ

शिर झुकाउदै मुठ्ठी उठाउदै
प्रण के गरे थे
कानमा आवाज ठाेकिवाे जिन्दाबादको
युद्द मैदान मा कासन गर्ने उहि कमाण्डर
बिहानी छितिज सगै लाखौ राता मान्छे हरु
मेरै बस्ति तिर लम्कदै थिए उहि कमाणडरकाे कमाण्डमा
बिहानी छितिज सगै
मेरै बस्ति तिर

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्