प्रदेश नं १ को प्रदेशसभा बैठक सर्‍यो

pradesh sava 1
  • 5
    Shares
लोकपाटी न्यूज

विराटनगर। भोली बिहीबारका लागि बोलाएको प्रदेश नं १ प्रदेशसभा बैठक सूचना प्रकाशित गरेर सारेको छ। बुधबार दिउँसो प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गर्दै बैठकको मिति सारेको हो।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक चैत २ गते दिउँसो १२ः३० बजेका लागि सारिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहका संसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको र यस अघिको बैठकमा सो प्रस्ताव प्रदेशसभामा टेवल भइसकेको छ।

प्रस्ताव सदनमा प्रस्तुत गर्ने समयमा नेकपाको ओली समूह र प्रदेश सरकारले सो बैठक बहिस्कार गरेको थियो। मुख्यमन्त्री शेरधन राईले पार्टीको विधान विपरित काम गर्ने १६ जना सांसदलाई तीन महिनाको लागि निलम्बन गरेका र ती सांसदको समेत उपस्थितिमा बैठक बसाएकाले बैठक बहिस्कार गरेको ओली समूहको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्