बाजुरामा रोपियो १ लाख २५ हजार फलफूलका बिरुवा

pic
  • 71
    Shares
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, १९ फागुन। बाजुरा जिल्लामा यसवर्ष मात्रै १ लाख २५ हजार फलफूलका बिरूवा रोपिएको छ। गत वर्ष जस्ते यो वर्ष पनि सरकारी अनुदान र किशानको लागतमा १ लाख २५ हजार बिरूवा रोप्ने काम भइरहको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए।

गरीबी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले विं.सं २०७७ साललाई फलफूल रोपण वर्ष घोषणा गरी बृहत रुपमा फलफूल विरुवा रोप्ने अभियान संचालन गरे अनुरुप यस वर्ष १ लाख २५ हजार हिउँदे फलफूलका विरुवा रोपेर ५०० हेक्टर क्षेत्रफलमा फलफूलको क्षेत्र विस्तार भएको सूचना अधिकारी जैशीले बताए।

उक्त विरुवा संख्या विगतका वर्षको तुलनामा करिव पाँच गुणाले बढि रोपिएका छन्। यस वर्ष जिल्लामा विजु ओखर १९हजार ५०, कलमी ओखर ९ सय टर्किवाट ल्याईएको च्यान्दलर जातको १ वर्षमै फल्ने ओखर २१हजार २सय ५० बोट रोपिएको छ भने १ वर्षमै फल्ने फुजि र गाला जातको स्याउ ४हजार ८ सय अन्य जातको स्याउ , किवी , र नास्पाती, आरु, आरुवखडा गरेर जम्मा १ लाख १५ हजार फलफूल विरुवा रोपिएको छ भने १० हजार जङ्गली मेलका वोटलाई कलमी गरी नास्पाती वनाईएको सूचना अधिकारी जैशीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्