सरकार गठनको जिम्मा स्थायी समिति र सचिवालयलाई दिने नेकपाको निर्णय

Nekapa_Baithak
  • 922
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले सरकार गठनसम्बन्धी सम्पूर्ण जिम्मा स्थायी समिति बैठक र केन्द्रीय सचिवालय बैठकलाई दिने निर्णय गरेको छ।

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। सरकार गठनको तयारीसम्बन्धी सबै जिम्मा स्थायी समिति र केन्द्रीय सचिवालय बैठकलाई दिएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए।

संसद् पुनर्स्थापना भएपछि नेकपाको प्रचण्ड-नेपाल समूहले सरकार गठनसम्बन्धी प्रयास सुरु गरे पनि कुनै निर्णयमा पुगिसकेको छैन। प्रचण्ड-नेपाल पक्षले आफ्नो पक्षमा बहुमत हुँदाहुँदै पनि निर्वाचन आयोगले निर्णय नगरेकोमा खेद प्रकट गरेको छ। आज पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले कानुनसम्मत् निर्णय गर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको रावलले जानकारी दिए।

‘हाम्रो पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि स्पष्ट निर्णय नआएकोमा खेद प्रकट गरेको छ। निर्णय गर्न जोडदार माग गरेको छ,’ उनले भने, ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो।’ निर्णयमा ढिलाइ गरेकोमा आयोगलाई पत्राचार पनि गर्न सकिने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्