त्रिविले सिसी क्यामेराबाट परीक्षाको निगरानी राख्ने

Tribhuwan-University-TU
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ। बुधबार विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै सम्पूर्ण कलेज तथा विद्यालयलाई यसबारे जानकारी गराएको छ।

सो सूचना अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने वार्षिक परिक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रले यही चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसीटीभी राख्नुपर्ने छ ।

सीसीटीभी राख्दा सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्छ। त्यसरी राखिएको सीसी क्यामेरोको नियन्त्रण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने सो सूचनामा उल्लेख छ। सीसीटीभी नराखेको खण्डमा त्यस्तो परीक्षा केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्न नदिइने तयारी गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्