नेकपा केन्द्रीय समिति बैठक : कति केन्द्रीय सदस्य उपस्थित भए ?

Nekapa_Baithak
  • 1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ। बैठकमा नेकपाको प्रचण्ड-नेपाल पक्षका २ सय ८० जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन्।

नेकपाका कुल ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये २ सय ८० जनाले हस्ताक्षर गरेका हुन्। यो बहुमत सङ्ख्या हो। उक्त समूहका १२ जना केन्द्रीय सदस्य काठमाडौं उपत्यका बाहिर रहेकोले भोलि मात्रै हस्ताक्षर गर्ने बताइएको छ।

बुधवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका हुन्। बैठकले पार्टी अनुशासन विपरीतको काम गरेको भन्दै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेको छ।

बैठकले नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्