प्रधानमन्त्रीको अवसर आए जिम्मेवारी लिन तयार छु : सभापति देउवा

Sher_Bahadur_Deuba
  • 27
    Shares
लोकपाटी न्यूज

चितवन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई प्रधानमन्त्री हुने अवसर आए जिम्मेवारी लिने बताएका छन्। चितवनमा आयोजित कार्यक्रममा देउवाले आफूहरुलाई पदको लोभ नभएको भन्दै जिम्मेवारी आए नभाग्ने बताए।

संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेका थिए। तर बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन्।

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’ उनले आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए। उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएको भन्दै जवाफमा उनले शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न पनि आग्रह गरेका छन् । देउवाले अघि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्