पूर्व उपकुलपतिहरु भन्छन्, चिकित्साशिक्षामा राज्यद्धारा अराजक व्यवहार देखाउनु विडम्वना

  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। विश्वविध्यालयका आठ पूर्व उपकुलपतिहरुले प्राज्ञिक मर्यादा पालना गर्न आग्रह गरेका छन्। पूर्व उपकुलपतिहरुले एक विज्ञप्ती जारी गर्दै राज्य नै अराजक रुपमा प्रस्तुत हुनु विडम्भनापूर्वक रहेको बताएका छन्। महेशकुमार उपाध्याय, तोरण बहादुर कार्की, केदारभक्त माथेमा, कैलाशनाथ प्याकुरेल, सुरेशराज शर्मा, खगेन्द्र भट्टराई, कमलकृष्ण जोशी, हिराबहादुर महर्जन, नविनजंग शाह, र नरेशमान बज्राचार्यद्धारा निकालिएको विज्ञप्तीमा विश्वविध्यालयको सुशासन र स्वायत्तताको प्रश्न र तिनको जगेर्नामा चुनौतिको रुपमा खडा भएको उल्लेख गरिएको छ।

काठमाडौ विश्वविध्यालयले फेरी अर्को नीजि कलेजलाई एमबीबीएस कार्यक्रमको सम्बन्धन दिने निर्णय गरेको उल्लेख गर्दै पूर्व उपकुलपतिहरुले चिकित्सा शिक्षा व्यापारिक बस्तु बन्नबाट जोघाउदै सबैको पहँुचभित्र ल्याउनु पर्नेमा जोड दिएका छन्। उनिहरुले कुनै पनि विश्वविध्यालयले पाँचओटा भन्दा बढि कलेजलाई एमबीबीएस सम्बन्धन दिन नपाउने ऐनको व्यवस्थालाई उल्लघंन गर्दै थप कलेजलाई सम्बन्धन दिने निर्णय गैरकानुनी एंब गौरजिम्मेवारी भएको पनि दावि गरेका छन्।

प्रधानमन्त्री स्वंयमले भाषणमा झापाको उक्त अस्पताललाई सम्बन्धन दिलाउने विश्वास दिलाउनु तथा चिकित्साशिक्षालाई सुधार गर्नुको सट्टा राज्यद्धारा अराजक व्यवहार देखाउनु ठुलो विडम्वना भएको पनि उनिहरुले चिन्ता व्यक्त गरेका छन।