चौथो मेयर कप फुटबल : वडा नं १ सेमिफाइनलमा

pic
  • 12
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २० फागुन। पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाद्धारा सञ्चालित चौथो मेयर कप फुटवल अन्तर्गत बुधबार भएको पहिलो क्वाटर फाइन खेलमा वडा नम्बर १ बिजयी भएको छ।

वडा नम्वर १ ले वडा नम्वर २ लाई २ का विरुद्ध ७ गोल गर्दै सेमिफाइनलमा पुगेको हो। त्यस्तै भोलि हुने क्वाटर फाइनल खेलमा वडा नम्बर १० र वडा नम्बर १२ भिड्ने चौथो मेयर कपको सहयोगी संस्था विग वुद्ध समितिका संयोजक संजिव लामाले जानकारी दिए।

प्रतियोगिताको विजेता समूहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेता समूहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी २५ गते सम्म संचालन हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्