देउवाले बोलाए पदाधिकारीसहित प्रभावशाली नेताको बैठक

sher Bahadur Deuwa
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन्।

सरकारमा सहभागिताबारे पार्टीमा दुई मत बाहिर आएपछि देउवाले संसद पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्दैछन्। १३ गते बसेको पदाधिकारी बैठकले नेकपा विभाजनको प्रष्टता नहुने तटस्थ बस्ने निष्कर्ष निकालेको थियो। तर संसदमा सरकार गठनको प्रक्रिया सुरु नहुँदै नेताहरु पक्ष विपक्षमा विभाजित हुन थालेपछि देउवाले छलफललाई जोड दिएको बुझिएको छ।

देउवाले पदाधिकारी, संसदीय दल र पार्टी केन्द्रीय कार्यसमितिको छलफलबाट ठोस नीति अख्तियार गर्ने तयारी थालेका छन्। बुधबार चितवन पुगेर सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट पछि नहट्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्