ज्योति लाईफको आइपीओ निष्कासन शुक्रबारबाट

IPO
  • 44
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ। यसअघि फागुन २३ गते आइपीओ निष्कासन गर्ने भनिए पनि कम्पनीले त्यसको २ दिन अगाडि फागुन २१ गतेदेखि नै आइपीओ निष्कासन गर्ने भएको हो।

कम्पनीले प्रति सेयर १ सय रुपैयाँका दरले ६६ लाख कित्ता सेयर निष्कासन गर्दैछ। जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३ हजार कित्ता सेयर साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहने ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

आइपीओमा छिटोमा फागनु २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन पाइनेछ।