केपी ओलीलाई ह्वीप जारी गर्ने अधिकार छैन : सुरेन्द्र पाण्डे

surendra_panday
  • 1.8K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूहको आज निर्वाचन आयोग र संसद सचिवालय जाने भएका छन्। पेरिसडाँडामा आफ्ना सांसदहरुको बैठकले एउटा टोली निर्वाचन आयोग र अर्को संसद सचिवालय जाने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए।

टोलीले बुधवार केन्द्रीय कमिटीले गरेको निर्णय बारे आयोग र सचिवालयलाई जानकारी दिने उनले बताए। बुधवारको बैठकले ओली समूहका नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो। पाण्डेले प्रतिनिधिसभा बैठक बोलाइएको दिन नै अविश्वासको प्रस्ताव प्रस्तुत हुन सक्ने सम्भावना रहेको समेत बताए।

त्यसबारे अरु दलसँग सहकार्य गरेरमात्रे अघि बढ्ने उनले बताए। ‘कांग्रेस र जसपा अर्को पक्षमा लाग्नै सक्दैनन। उहाँहरु प्रतिगमनका मतियार हुनुहुन्न। सचेत हुनुहुन्छ’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओली गरेका काम अबैध भएको उनलाई पार्टीले हटाइसकेको पाण्डेले बताए।

उनले भने, ‘नेकपाको सदस्य नभएका केपी ओलीले ह्वीप जारी गर्न सक्दैनन्।’ आफूहरुसँग बहुमत भएको दाबी गर्दै उनले आफ्नो पार्टीको ह्वीप नमाने पार्टी र सांसद पदबाट निकाल्न सक्ने समेत बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्