नेविसंघको रिले अनसनमा माधव नेपालको ऐक्यबद्धता

  • 116
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालय परिसरमा जारी नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)को अनशनमा ऐक्यबद्धता जनाएका छन्। बिहीबार दिउँसो अनशनस्थल पुगेका नेपालले अनशनमा ऐक्यबद्धता जनाएका हुन्।

नेविसंघले राखेका मागहरूप्रति नेपालले आफ्नो समर्थन रहेको बताए। उनले त्यहाँ नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर पनि गरेका छन्। उनले अनशनस्थल आएर मागहरूप्रति समर्थन जनाएको र राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएको बताएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिए।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डरअनुसार नयाँ भर्ना सुरु गर्नुपर्ने, नेपाल विद्यार्थी सङ्घ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेविसंघका विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राखेर नेविसंघको त्रिवि समितिले उपकुलपति कार्यालयबाहिर रिले अनसन गरिरहेको छ।

नेविसंघले कोरोना महामारीका कारण परीक्षामा र नतिजा प्रकाशमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक वर्ष १ वर्ष ढिला हुने सम्भावना रहेकाले तत्काल नतिजा दिनुपर्ने माग पनि राखेको छ। रिले अनसनस्थल पुगेर अध्यक्ष नेपालले विश्वविद्यालयका विद्यार्थीको आवाज दबाउन पचायतकालदेखि अहिलेसम्म विभिन्न प्रपञ्च भइरहेको भन्दै त्यसविरुद्ध नेविसंघले आवाज उठाएकोप्रति सह्राना गरेका नेविसंघ त्रिवि समितिका उपसभापति योगेन्द्र रावलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्