विप्लव नेकपामाथीको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

  • 45
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो। बिहीबार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ।

सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ भने विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ।

मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा‍ राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो। सरकारले वार्ता समिति बनाएको एक घण्टामै विप्लवलेसमेत खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजक रहेको वार्ता समिति गठन गरेको थियो। विप्लव समूहको वार्ता समिति सदस्यमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्