देउवाले बोलाए संसदीय दलको बैठक

Nepali congress
  • 20
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ। बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ।

यसअघि बिहीबार बसेको कांग्रेसको पदाधिकारी बैठकले पूनस्थापित प्रतिनिधि सभा बैठकलाई कसरी उपयोग गर्ने भन्ने बारे ठोस धारणा बनाउन सकेन।

बिहीबार साँझ सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक नयाँ सरकार गठन र अविश्वासको प्रस्ताव बारेमा कुनै निर्णय नगरी टुंगिएको हो।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछिको अवस्थाका विषयमा पार्टीको धारणा तयार गर्न सभापति देउवाले बैठक बोलाएका हुन्।

बैठकमा प्रतिनिधिसभा पुनस्थापना पछि आइतबारबाट सुरु हुन लागेको संसदको अधिवेशनका विषयमा कांग्रेसले खेल्नुपर्ने भुमिकाबारे विभिन्न कोणबाट छलफल भएको, तर निर्णयमा नपुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले सरकार र चन्द नेतृत्व नेकपाबीच भएको समझदारीलाई सकारात्मक रुपमा लिएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्