प्रचण्ड–नेपालसहित १७३ सांसदलाई केपी ओलीको निम्ता

kp-sharma-oli
  • 32
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक डाकेको छ। सरकारले फागुन २३ गतेका लागि संसद् बैठक आह्वान गरेको छ। नेकपामा चर्किएको आन्तरिक शक्ति र सत्ता सङ्घर्षपछि नेकपा दाहाल-नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता चयन गरिसकेको छ।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले दलका सम्पूर्ण सदस्यलाई बैठकको सूचना पठाइएको सचेतक शान्ता चौधरीले जानकारी दिइन्। उनले फागुन २२ गते दिउँसो ३ बजेका लागि दलको बैठक राखिएको जानकारी दिइन्।

बैठकका लागि पहिलेदेखि नै एसएमएसमार्फत् जानकारी गराइने प्रचलन रहेकाले १७३ सांसदलाई एसएमएसमार्फत् दलको बैठकसम्बन्धी सूचना पठाइएको गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्