‘नेकपा’ आधिकारिकता विवादसम्बन्धी फैसलाको समय लम्बियो

High Court
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारिकता विवादसम्बन्धी फैसलाको समय लम्बिएको छ। बिहीबारका लागि निर्णय सुनाउने मिति तय भएको थियो।

तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण शोक बिदा परेपछि निर्णय सुनाउने मिति सरेको हो। सर्वोच्च अदालतले अर्को मिति तोकिसकेको छैन। अघिल्लो साता न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार निर्णय सुनाउने मिति तोकेको थियो।

तत्कालीन दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठमा एकीकरण भएपछि नेकपा गठन भएको थियो। उक्त नाम आफ्नो दलसँग मिलेको भन्दै ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए। पटक पटक स्थगित भएपछि अघिल्लो साता अन्तिम सुनुवाइ सकिएको थियो। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्