उद्योग वाणिज्य संघ सुनवलद्वारा करसम्वन्धी अन्तरक्रिया

pic v
  • 57
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल / नवलपरासी, २१ फागुन। पश्चिम नवलपरासीको सुनवलमा उद्योग वाणिज्य संघ सुनवलले आन्तरिक राजश्व, मुल्य अभिवृद्धि, अन्तशुल्क , स्थानियकर र घरेलु सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ।

यस क्षेत्रका उद्योगी,व्यापारी व्यावसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले बताए।

अन्तरक्रिया कार्यक्रममा उपस्थित उद्योगी व्यापारी र व्यवासायीहरुले कर र दर्ता सम्वन्धि समवन्धि जिज्ञासामा आन्तरिक राजश्व समवन्धि आन्तरीक राजश्व कार्यालय भैरहवाका कर अधिकृत गोपाल गिरिले सहजीकरण गर्नुभएको थियो भने व्यापार व्यावसाय दर्ता लगायतका बारेमा घरेलु कार्यालय पश्चिम नवलपरासीका प्रमुख नेत्र प्रसाद भुसाल सुनवल नगरपालिकाका राजश्व शाखा प्रमुख राजेन्द्र सापकोटा लगायतले सहजीकरण गरेका थिए।

अन्तरक्रिया कार्यक्रममालाई उद्घाटन गरेका सुनवल नगरपालिकाका नगरप्रमुख भीम बहादुर थापाले राज्यलाई समृद्ध बनाउन व्यापार व्यावसायको महत्वपुर्ण भुमिका रहने बताए। साथै व्यापार व्यवसायका बारेमा राज्यले तय गरेको नितिका बारेमा समेत सचेत हुन आग्रह गरेका थिए।

राज्यलाई कर तिर्ने व्यापारी व्यावसायीहरुलाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने नीति अंगिकार गर्नुपर्ने नगरप्रमुख थापाले बताए। सुनवल नगरपालिकामा व्यापार व्यावसायलाई प्राथमिकतामा राखेको भन्दै उत्पादनशिल क्षेत्रलाई जोड दिनुपर्ने नगर उपप्रमुख दधिराम अर्यालको भनाई थियो। पश्चिम नवलरासीमा कर सेवा कार्यालय, महेशपुर भन्सार लगायतका कार्यालयहरु स्थापना भैसकेको अवस्थामा यस क्षेत्रलाई औद्योगीक क्षेत्रकै रुपमा अगाडि बढाउन नीजि क्षेत्रको भुमिका उल्लेखनीय रहेको उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए।

नवलपरासी अडानका अध्यक्ष विष्णु प्रसाद चापागाईले अडिटमा विविध समस्या हुने भन्दै सवै उद्योगी व्यापारी व्यावसायीहरुलाई अफ्नो हिसाब किताव चुस्त राख्न आग्रह गरे। उद्योग वाणिज्य संघ सुनवलले उद्योग व्यापार व्यवसाय सञ्चालनमा साथै व्यापार व्यावसायीहरुको हक हितको लागि अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेज प्रसाद भण्डारीले बताए। अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायी व्यापारी साथै विभिन्न संघ संस्थाहरुको समेत प्रतिनिधित्व रहेको सचिव ईश्वरी भण्डारीले जानकारी दिए।