ज्योती लाईफको आईपीओमा आवेदन खुला, कतिले पाउछन् आईपीओ ?

  • 33
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बिक्रि आजबाट (शुक्रबार) खुला भएको छ। कम्पनीले सर्वसाधरणको लागि आईपीओ निष्काशनमा ल्याएको हो। कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। जसमा सर्वसाधारणले ५९ लाख ४० हजार कित्तामा मात्र आवेदन दिन सकिनेछ।

५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरीएको छ। कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी९आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ।

आजभोली आपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेको छ। ज्योति लाइफको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएकाले १० कित्ताका दरले आवेदकलाई भाग लगाउँनुपर्ने हुन्छ। यस आधारमा पनि आवेदन दिएका सबैलाई यो आइपिओ पर्दैन। १० कित्तालाई आधार मान्ने हो भने सर्व साधारणलाई छुट्याइएको सेयर ५ लाख ९४ जनाले हात पार्ने देखिन्छ। बाँकी आवेदनको हात खाली हुनेछ।