सहकारी ठगी अभियोगमा गौतम पक्राउ

hatkadi-pakrau
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सहकारी ठगी मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ। गौतमलाई शहकारी ठगी मुद्दमा महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलबाट पक्राउ गरेको हो।

सिन्धुलीको घ्याङलेक गाउँपलिका स्थायी घर भएका गौतम मजदूर राजनीतिमा सक्रिय छन्। ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ठगेको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६ महिना कैद सजाय हुने फैसला गरेको थियो। ०७७ मंसिर १९ मा अदालतको फैसलापछि उनि फरार थिए।

फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा उपस्थित गरिने एसएसपी अशोक सिंहले बताए। ०७४ असार २२ मा अदालतले १ लाख २८ हजार बिगो ठहर गरेको थियो। सो रकम तिर्न आनाकानी गरेपछि अदालतले फेरि उनलाई जेल सजायको फैसला गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्