विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

dharmendra_bastola_wq2KBWJS1N
  • 21
    Shares
लोकपाटी न्यूज

काभ्रे। विप्लव नेकपाका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला शुक्रबार बिहान रिहा भएका छन्। ११ दिनदेखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका बास्तोला आज बिहान रिहा भएका हुन्।

परिवारका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए। प्रहरीले सुरक्षासहित उनलाई काठमाडौं पठाएको छ। नेता बास्तोलाले राजनीतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताएका छन्। उनले कम्युनिष्ट पार्टीहरुबीच एकताको सम्भावना पनि भएको बताए।

सर्वदलीय सरकारको कुरा उठेको छ नि भन्ने प्रश्नमा उनले सचिवालय बैठक बसेर यसबारे निर्णय गर्ने जानकारी दिए। सरकारसँग भएको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्