सुनको भाउ तोलामा ९ सयले घट्यो

  • 74
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ। बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबारकालागि ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ। यस्तै तेजावी सुनको भाउ ८५ हजार १५० रुपैयाँमा आईपुगेको छ।

चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ। बिहीबार १२८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १२१५० रुपैयाँ तोकिएको छ। नेपाली सुन बजारको भाउ अन्तराष्ट्रिय मूल्य निर्धारणकै कारण प्रभावित हुन महासंघले जनाएको छ।

यो साता आइतबारेदेखि शुक्रबारसम्म मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ। आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा आईपुगेको छ। यस्तै चाँदीको भाउ पनि एक सता भरीमा प्रतितोलामा ७५ रुपैयाँले सस्तो भएको छ।