रिहाइलगत्तै विप्लवलाई भेट्न पुगे धर्मेन्द्र बाँस्तोला

biplob-dharmendra
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पार्टी महासचिव विप्लवलाई भेट्न पुगेका छन्। शुक्रबार काभ्रेबाट रिहा भएका बास्तोला पार्टी महासचिव विप्लवलाई भेट्न पुगेका हुन्।

दुई सातादेखि उनी धुलिखेलस्थित प्रहरी हिरासतमा थिए। आज बिहानमात्रै विप्लव काठमाडौं आइपुगेका छन्। उनी सामाखुसीमा बसेका छन्। बाँस्तोला विप्लव नेकपाको पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख हुन्।

सरकार र विप्लव नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएको थियो। सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज राष्ट्रियसभा गृहमा आयोजना हुने कार्यक्रमलाई सम्वोधन गर्दैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्