प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सुरु

Prachanda_Nepal_Nekapa
  • 609
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित् दलको कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठकमा उपस्थित् सांसदहरुको हस्ताक्षरसहित दाहाल नेपाल समूह निर्वाचन आयोग जाने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल हुने बुझिएको छ। संसद् बैठक यही फागुन २३ गते बस्ने भएको छ। यसअघि बिहीबार नै नेकपा ओली समूहले संसदीय दलको बैठक शनिबारका लागि बोलाएको छ। त्यसअघि नै प्रचण्ड समूहले संसदीय दलको बैठक बोलाएको हो।

गत ५ पुसमा संसद विघटनसँगै नेकपाको प्रचण्ड समूहले केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। संसद पुनर्स्थापना नभई सो समूहले ओलीमाथि कारबाही गर्दै प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्