ओली र विप्लवबीच एक्ला-एक्लै भेटवार्ता

oli-biplob
  • 30
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच बालुवाटारमा एक्ला–एक्लै भेटवार्ता भएको छ। सरकारी वार्ता टोली र चन्द नेकपाबीच भएको सम्झौता अनुसार सार्वजनिक हुन नवलपरासीबाट काठमाडौं आइपुगेको विप्लवले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।

सरकार र चन्द समूहबीच तीनबुँदे सहमति भएको छ । भेटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा (बादल), संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका थिए।

यसैगरी विप्लव पक्षबाट नेकपा प्रवक्ता खडक बहादुर बिश्वकर्मा, शुक्रबारै रिहा भएका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र वार्ता टोली सदस्य उदय बहादुर चलाउने (दिपक) रहेका थिए। राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह हुँदैछ। ओली र चन्दले केहीबेरमा सोही समारोहमा सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्