काठमाडौं। सांसद माया ज्ञवाली नेकपा प्रचण्ड-माधव समूहमा फर्किएकी छन्। प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृज्ञवाली प्रचण्ड माधव समूहमा फर्किएकी हुन्। सांसद माया ज्ञवाली प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको संसदीय दलको बैठकमा उपस्थित भएकी छन्।
केहि दिनपहिले ओली नेतृत्वको नेकपातर्फ खुलेकी भनिएकी ज्ञवाली शुक्रबार सिंहदरबारमा राखिएको साे पक्षकाे संसदीय दलको बैठकमा उपस्थित भएकी हुन्। गत पुसमा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी ज्ञवाली पछि ओली समूहमा सहभागी भएकी थिइन्। तर शुक्रबार उनी प्रचण्ड–माधव समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएकी छन्।