सांसदको हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा जाँदै

  • 2.6K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड-नेपाल समूहले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ। अहिले केहीबेरपछि सो समूहका नेताहरु लिलामणि पोख्रेल, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी आयोग जान लागेका हुन्।

बिडारीका अनुसार केन्द्रीय कमिटीले गरेको निर्णयका बारेमा जानकारी गराउन र आधिकारिकताको दाबी गर्न निर्वाचन आयोग जान लागिएको बताए।

यसअघि हिजोपनि यो समूहका नेताहरु केन्द्रीय कमिटीले गरेका पछिल्ला निर्णय बोकेर आयोगको कार्यालय पुगेका थिए। हिजोमात्रै, नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटवार्ता गरेका थिए।

निर्वाचन आयोगले पनि नेकपाको आधिकारिकताबारे आज/भोलिनै निर्णय दिने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयुक्तहरुसँग यसबारेमा अन्तिम छलफल गरिरहेका छन्। आयोगले विधान, विगतका नजिर र दलसम्बन्धी ऐनलाई टेकेर निर्णय दिन लागेको बुझिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्